तरकारीको ठेलागाडामा बेवारिसे शव फेला

काभ्रे — काभ्रेको बनेपा नगरपालिका वडा नं ८ स्थित बसपार्कमा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार शुक्रबार दिउँसो ४ बजे बनेपा बसपार्कमा स्थानीयले एक पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
तरकारीको ठेलागाडामा सुतेको अवस्थामा अन्दाजी ३० वर्षीय पुरुषको शव भेटिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । उनका अनुसार शवको पहिचान भने खुल्न सकेको छैन ।
शव पोस्टमार्टमका लागि जिल्लास्थित धुलिखेल अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस