नेपाल पाकिस्तानसँग हार्यो

काठमाडौं – साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ खेलिएको खेलमा नेपालले पाकिस्तानसँग १–० गोलको हार ब्यहोरेको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाफमा पाकिस्तानले गोल गरेको थियो । पाकिस्तानका लागि ७६ औं मिनेटमा अलि जफरले विजयी गोल गरे ।
लामो दुरीबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाली टिम निराश बन्यो । कप्तान समेत रहेका गोलकिपर जियारत शेखले जफरको प्रहारलाई रोक्न सकेनन् ।
नेपालले पाकिस्तानविरुद्ध राम्रो खेल प्रदर्शन गर्न सकेन । पाकिस्तानका केही उत्कृष्ट प्रहारलाई नेपालीका गोलरक्षक शेखले राम्रो बचाउ गरेका थिए । जीतसँगै पाकिस्तानले पहिलो खेलबाटै तीन अंक बटुलेको छ ।
नेपालले दोस्रो खेलमा माल्दिभ्ससँग खेल्नेछ । नेपाललाई अघिल्लो चरण पुग्न माल्दिभ्सलाई जित्नैपर्ने दबाब छ । प्रतियोगितामा नेपाल सहित ६ टिम सहभागी छन् ।
समुह ए मा आयोजक नेपाल, माल्दिभ्स र पाकिस्तान रहेका छन् भने समूह ‘बी’ मा भारत, बंगलादेश र भुटान रहेको छ । प्रत्येक समूहबाट दुई—दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस