हेटौंडामा सुबिधा सम्पन्न डिलक्स शैलुन तथा पार्लल खुल्यो

 

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ अजअम्बरोड स्थित नबिल बैकको भइतलामा सुबिधा सम्पन्न डिलक्स युनिसेक शैलुन तथा पार्लल खुलेको छ । भोली शुक्रबारबाट पूर्ण रुपमा सञ्चालनमा आउने छ ।
डिलक्स शैलुन तथा पार्ललका सञ्चालक हरि चौलागाईं र सुभद्रा हुमागाईंले आज पत्रकार सम्मेलन गर्दै यसका बारेमा जानकारी गराउनुभयो । एकै स्थानमा कपाल, दारी काट्ने, कपाल कलर गर्ने, ब्युटी पार्लल लगायतका सबै सेवा दिन लागिएको हो ।
हेटौंडामा मात्र नभएर नेपालमै अली फरक किसिमको नमुना शैलुन तथा पार्लल खोलीएको सञ्चालक चौलागाईले बताउनुभयो । ६० लाख रुपैयाँ लगानीमा खोलीएको शैलुन तथा पार्ललमा १२ जनाले प्रतक्ष रुपमा रोजगारी पाएको अर्का सञ्चालक हुमागाईंले बताउनुभयो ।
यहाँको शैलुनमा एकैपटक ८ जनाले कपाल तथा दारी काट्न मिल्ने छ । त्यसैगरी ब्युटीपार्ललमा पनि एकै पटक ३ जनालाई राखेर सुरन्दरता बनाउन सकिने यहाँका सिनियर हेयर स्टाइलिस राजेश ठाकुरले बताउनुभयो ।
यस शैलुन तथा पार्ललमा स्पेन तथा पेरीसका सामानहरु प्रयोग गरेर बिकसित देशहरुमा जस्तैगरी फरक तरिकाले कपाल काट्ने, दारी काट्ने, कपालमा कलर गर्ने ठाकुरले बताउनुभयो । कपाल काट्ने क्षेत्रमा २० वर्षदेखि काम गर्दै आउनु भएका ठाकुरको नेतृत्वमा अरुले पनि काम गर्ने छन् ।
त्यसैगरी व्युटीपार्ललमा भारतको नयाँ दिल्लीबाट आउनु भएकी बन्दना सिंहले व्युटीसियनको काम गर्ने हुनु भएको छ । एड्भान्स मेसिनको प्रयोग गरेर छालाको गुणस्तर र सुन्दरतामा ध्यान दिइने सञ्चालक चौलागाईंले बताउनुभयो ।
शैलुन तथा पार्ललबाट पैसा कमाउने भन्दा पनि आफ्नै ठाउँमा सेवा पनि दिने तरिकाले काम गर्न लागिएको उहाँले बताउनुभयो । आम सेवाग्राहीहरुलाई अन्यत्र भन्दा फरक र गुणस्तरिय सेवा दिनेगरी भोलीबाट सेवा सुरु गरिने उहाँले बताउनुभयो ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :