महानगरपालिकाले विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने



काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा बुधबार काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला काठमाडौँ महानगरले विद्यालय बन्द गरेर पठनपाठन बन्द गरेको पाइएमा प्रचलित कानुनबमोजिम शिक्षकहरूमाथि कारबाही गर्ने जानकारी महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए ।

शिक्षा अधिकारी कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘शिक्षकका पेसागत–वृत्ति विकासका लागि माग राख्ने र पूरा गर्ने विधि एवम् प्रक्रियाको माग प्रशस्त्र हुँदाहुँदै विद्यालय शान्तिक्षेत्र र प्रचलित कानुन विपरीत हुने विद्यालय बन्द नगर्न अनुरोध गर्दै काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द गरेमा वा बन्द गर्न बाध्य गरेमा वा पठनपाठन बन्द गरी विद्यार्थीको नियमित अध्ययन गर्न पाउने अधिकारको हनन् गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने र यसका सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति नै हुने ब्यहोरा जनकारीका लागि निर्देशानुसार अनुरोध छ ।’’

 



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ