मकवानपुरको इन्द्रसरोवरमा एक वृद्धा मृत फेला

मकवानपुर / मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एक वृद्धा मृत फेला परकी छिन्। यही ३० भदौदेखि हराइरहेकी इन्द्रसरोवर- २ ठूलोटारकी ९१ वर्षीया पुतलीमाया घलान मृत फेला परेकाे मकवानपुर प्रहरीले जनाएको छ।
यही ३० भदौबाट सोही गाउँपालिकाको वडा नम्बर ३ स्थित छोरीको घरबाट हराएकी पुतलीमाया मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
उनी हराएको भन्दै परिवारले ३१ भदौमा प्रहरी चौकी सिस्नेरी मकवानपरमा जानकारी गराएको प्रवक्ता भण्डारीले बताए। परिवारको जानकारीको आधारमा प्रहरीले पुतलीमायाको खोजतलास गरेको थियो।
खोजीकै क्रममा प्रहरीले भिरबाट अन्दाजी दुई सय मिटर तल खसेर मृत्यु भएको अवस्थामा फेला पारेको र बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विपत् व्यवस्थापन टोलीको सहयोगमा शव निकाली पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याइएको प्रवक्ता भण्डारीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस