किन भाग्छन् मानवसेवा आश्रमबाट सडक मानव !

हेटौंडा – लामसुरे धापमा रहेको मानवसेवा आश्रममा लगिएका सडक मानव केही दिनमै निस्केर हिड्ने गरेको पाइएको छ ।केहि समय अघि मात्र हेटौंडा- २ स्थित चौकिटोलबाट एक महिलालाइ उद्घार गरिएको थियो । ती महिला एक महिना नपुग्दै पुन हेटौंडा- २ चौकिटोलकै पेटिमा आइपुगेकी छिन् । शनिबार देखि पुनः त्यही पेटिमा आएर बसेको त्यहाँका स्थानीय बताउँछन् ।

मानवसेवा आश्रमका अभियानता होमनाथ पौडेल भन्छन् ; केही दिन अघि भाग्नु भयो फेरि हामिले ल्याएका थियौं खोजेर फेरि सोमबार राती भाग्नुभयो।ती महिला मनोरोगी रहेको र औसधि समेत चलाएको पौडेल बताउँछन् ।

Advertisement:

मानव सेवा आश्रममा रहेका २२० जना मध्ये ३० जना मात्र हातखुट्टा नचल्ने अशक्त रहेको पौडेल बताउँछन् ।
बाहिर जस्तो स्वतन्त्रता आश्रममा नपाइने भएको कारण एक दुई जना भाग्ने गरेको र यसलाइ सामान्य रुपमा लिने गरेको पौडेल बताउँछन् ।

आश्रमको गेटमा दुईजना सुरक्षागार्ड राखेको भएतापनि राती सुरक्षागार्ड निदाएको बेला पर्खाल नाघेर भाग्ने गरेको पौडेलको भनाइ छ।आश्रममा लगिएका सडक मानवलाइ बाध्न कुटपिट गर्न र थुन्न नमिल्ने र खुल्ला छोडिदिन पर्ने नियम रहेको र खुल्ला छोड्दा नै कतिपय भाग्ने गरेको पौडेल बताउँछन् ।

हेटौंडा- २ का वडा सदस्य सुरज बर्तौला भन्छन् ।` दुइ जनालाइ मानव सेवा आश्रम पठाएको थियौं पठाएको केही समयमा फर्केर सोही स्थानमा आइपुगेका थिए´। सुरुमा बस्छु भनेर पुगेतापनि त्यहाँको नियम अनुसार बन्धक भएर बस्न नसक्ने कारण भाग्ने गरेको होकि भन्ने उनको बुझाइ छ।

बाग्मती प्रदेशको राजधानी हेटौंडामा धेरै संख्या बाल आश्रम, वृद्ध आश्रम ,मानव आश्रम तथा मानव अधिकार कर्मी लगाएत विभिन्न संघसस्थाहरु भएतापनि सडकका पेटिहरुलाइ मानवमुक्त सडपेटी बनाउन भने सकेको अवस्था छैन। हेटौंडाको मुख्य बजार छेत्रमा सडकका पेटिमा मानव तथा वालबालिका भेटिनै रहेका हुन्छन् ।एकचोटि उद्धार गरेर भागेपछी कमै पुन उद्धार हुने गर्छन् ।

प्रतिक्रिया दिनुहोस् :