भीमफेदी माण्डु हाईडोपावरको डयाममा पुरुषको शव फेला

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–८ मा रहेको माण्डु हाईडोपावरको डयाममा शनिबार एक पुरुषको शव फेला परेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार सनाख्त नभएको करिब ४० वर्षिय व्यक्तिको सब फेला परेको हो। वेवारिसे शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।
भीमफेदीको माण्डु हाइड्रोपावरमा निरन्तर रुपमा सब फेला पर्ने गरेका छन् । यसअघि पनि आधा दर्जन भन्दा बडी शवहरु फेला परेका छन् ।
त्यहाँ काठमाडौंबाट नदिले बागाएर ल्याएको फोहोर माण्डु हाईडोपावरमै आएर जम्मा हने र सोही फोहोरसंग शव बगेर आउने गरेको प्रहरीको भनाई छ । बगेर आउने शव सनाखतमा समेत कठिनाई हुने गरेको र केही शवहरुको सनाखत समेत हुन नसकेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस