क्यानले ललित राजवंशीलाई ब्याट दिएन, भारतीय व्यवसायी मित्तलले प्रायोजन गर्ने

anupam-mittal-lalit-rajbansi

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो । एसिया कपको दुवै खेलमा नेपाली टोली आफूभन्दा निकै बलिया दुई प्रतिद्वन्द्वी पाकिस्तान र भारतसँग पराजित भयो ।
प्रतियोगितामा नेपाली खेलाडीले खेल नजिते पनि धेरै क्रिकेटप्रेमीको मन जित्न सफल भएका थिए । खासगरी भारतविरुद्धको खेलमा उत्कृष्ट प्रर्दशन गरेका नेपाली खेलाडीले गतिलो चर्चा बटुले । भारतविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि विश्वभर नेपाली खेलाडीको चर्चा एकाएक चुलिन पुग्यो ।

एसिया कपपछि कुनै एक प्रसङ्गमा नेपाली टोलीका खेलाडी ललित राजवंशीले आफूसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गतिलो ब्याट्समेत नरहेको बताएका थिए । राजवंशीले भनेका थिए, ‘मसँग नेटमा अभ्यास गर्ने एउटा ब्याट छ । तर, अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न मसँग ब्याट छैन । त्यसैले अन्तर्राष्ट्रिय प्रतियोगितामा म साथीहरूसँग ब्याट मागेर खेल्छु । खासगरी कुशल भुर्तेलसँग ब्याट लिएर म अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्छु ।’

Advertisement:anupam-mittal-lalit-rajbansi

राजवंशीको उक्त भनाइलाई ‘अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)’ नामक ट्वीटर अकाउन्टमार्फत भएकाृे थियो । आईसीसीले भारतीय टोलीका कप्तान शर्मा र नेपाली खेलाडी राजवंशीको तस्बिरसहित उक्त पोस्ट सार्वजनिक गरेको थियो ।

त्यसपछि भारतका एक चर्चित व्यवसायी अनुपम मित्तलले उक्त पोस्ट पढेर त्यसमा उनले चासो व्यक्त गरेका थिए । उनले ‘ललित राजवंशीलाई के-कस्तो सहयोग चाहिएको हो ?’ भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा आईसीसीले ‘ललित राजवंशीजस्तो उदीयमान खेलाडीलाई प्रायोजन गर्न सके राम्रो हुन्थ्यो’ भनेर जवाफ फर्काएको थियो ।

त्यसपछि भारतीय व्यवसायी मित्तलले आफू ललितलाई ब्याट प्रायोजन गर्न तयार रहेको बताए । ‘कृपया, ललित राजवंशीलाई मसँग सम्पर्क गर्न भन्नु । उहाँलाई ब्याट प्रायोजन गर्न पाएमा म खुसी हुनेछु,’ अनुपम मित्तलले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application