विश्वकप क्रिकेटका लागि इङ्गल्यान्डको टोली घोषणा

काठमाडौँ, तातोखबर । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि इङ्गल्यान्डले अन्तिम टोलीको घोषणा गरेको छ । इङ्गल्यान्ड एकदिवसीय विश्वकपको साबिक विजेता राष्ट्र पनि हो । इङ्गल्यान्डले बुधबार जस बट्लरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
इङ्गल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले घोषणा गरेको अन्तिम टोलीमा युवा खेलाडी ह्यारी ब्रुक र जोफ्रा आर्चरलाई स्थान दिइएको छैन । टोलीमा अलराउन्डर बेन स्टोक्सलाई भने समावेश गरिएको छ । उनले विश्वकप खेल्न नै एकदिवसीय क्रिकेटबाट लिएको सन्न्यास पनि फिर्ता लिएका थिए ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । विश्वकपको उद्घाटन खेलमा इङ्गल्यान्डले न्युजिल्यान्डको सामना गर्नेछ । त्यो खेल अक्टोबर ५ तारिखमा अहमादाबादमा खेलिने छ ।विश्वकपका लागि घोषित इङ्गल्यान्डको टोलीमा जस बट्लर (कप्तान), मोइन अली, गस एट्किन्सन, जोनी बेयरस्ट, साम कुर्रान, लियाम लिभिङ्स्टोन, डाविड मलान, अदिल रसिद, जोए रुट, जासन रोय, बेन स्टोक्स, रिसे टपली, डेभिड विली, मार्क उड र क्रिस वाक्स रहेका छन् ।
आगामी विश्वकपका लागि हालसम्म इङ्गल्यान्डसहित चार राष्ट्रले आफ्नो टोलीको घोषणा गरिसकेका छन् । अस्ट्रेलियाले बुधबार नै टोलीको घोषणा गरेको हो भने इन्डिया र दक्षिण अफ्रिकाले मंगलबार टोलीको घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस