नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै



काठमाडौ । एसिया कप क्रिकेट खेल्न गएको नेपाली टोली बुधबार स्वदेश फर्कदैछ। विश्वकप विजेता टोली भारत र पाकिस्तानसँग ऐतिहासिक प्रतिस्पर्धा गरेको नेपाली टोली आज मध्यान्ह्र १२ः३० बजे स्वदेश फर्किन लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सो टोलीको भव्य स्वागत गरिनेछ। समूह ए मा रहेको नेपाल पाकिस्तान र भारत दुबैसँग पराजित हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिए पनि पहिलो पटक विश्वविजेता टोलीसँग उत्कृष्ट प्रदर्शन गरेर विश्वको ध्यान नेपालतर्फ आर्कषित गर्न सफल भएको थियो।

पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रन तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएपनि नेपालले यो स्तरको प्रतिस्पर्धामा आफूलाई उभ्याउनु आफैंमा ऐतिहासिक भएको क्रिकेटरहरुले जनाएका छन्।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

हेटौंडा – हेटौंडामा सहिद आकाश मेमोरियल क्याम्पस सञ्चालनमा आएकाे छ । हेटौंडा ५ स्थित रिलायन्स स्कुलको प्राङ्गणमा सहिद एकलाल सुवेदी

काठमाडौँ, १६ असोज / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ‘विद्युत विधेयक,

काठमाडौं – सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ । प्रहरीले सिरहाको