बागमती प्रदेश सभाको बैठक सर्यो



बागमती प्रदेश सभाको भोली भदौं २० गते अपराह्न १ बजे बस्ने भनिएको बैठक सरेको छ ।

बैठक यही भदौं २४ गते बिहान साढे ११ बजे बस्ने गरी सरेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

भोलि बस्ने भनिएको बैठक सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुको सहमतिअनुसार भदौ २४ गतेका लागि सारिएको सभामुख पाठकले बताए ।

सोमबार बस्ने भनिएको बैठक सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुबीच सहमति हुन नसक्दा बुधबार बस्ने गरी स्थगित गरिएको थियो ।

बागमती प्रदेश सभाको बैठक यसअघि गत असार २१ गते बसेको थियो ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

हेटौंडा – हेटौंडामा सहिद आकाश मेमोरियल क्याम्पस सञ्चालनमा आएकाे छ । हेटौंडा ५ स्थित रिलायन्स स्कुलको प्राङ्गणमा सहिद एकलाल सुवेदी

काठमाडौँ, १६ असोज / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ‘विद्युत विधेयक,

काठमाडौं – सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ । प्रहरीले सिरहाको