दक्षिण अफ्रिकाको विश्वकप २०२३ का लागि टिम घोषणा

भाद्र १९, काठमाडौं । दक्षिण अफ्रिकाले आज आइसिसी पुरुष क्रिकेट विश्वकप २०२३ का लागि १५ सदस्यीय टिम घोषणा गरेको छ।
क्रिकेट दक्षिण अफ्रिकाले मंगलबार घोषणा गरेको टिमको नेतृत्व कप्तान तेम्बा बाभुमाले गर्नेछन्।
प्रतियोगिता भारतमा हुने भएकाले कारण स्पिनरले महत्वपूणर् भूमिका खेल्ने अपेक्षा राखिएको छ।
दक्षिण अफ्रिकामा केशव महाराज र तबरेज शम्सीमा उत्कृष्ट स्पिनरहरू रहेका छन ।
दक्षिण अफ्रिकाले अक्टोबर ७ मा दिल्लीको अरुण जेटली स्टेडियममा श्रीलंकाविरुद्ध खेलेर विश्वकपको सुरुवात गर्नेछ।
यसअघि उनीहरुले सेप्टेम्बर २९ मा अफगानिस्तान र २ अक्टोबरमा न्युजिल्यान्डसँग अभ्यास खेल खेल्नेछन्।
को को छन् दक्षिण अफ्रिकाको टिममा : तेम्बा बाभुमा (कप्तान), गेराल्ड कोएत्जी, क्वान्टन डी कक, रीजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, सिसान्डा मगला, केशव महाराज, एडेन मार्करम, डेभिड मिलर, लुंगी एनगिडी, एनरिच नोर्किया, कागिसो रबाडा, तब्राज शाम्सी, भान डेर डुसन रहेका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस