नेपाल खेलकुद महासंघद्वारा नेपाली क्रिकेट टिमलाई बधाई

काठमाडौं, १९ भाद्र / जारी एसिया कप क्रिकेट प्रतियोगितामा सोमवार शनसनीपूर्ण खेल प्रर्दशन गरेकोमा नेपाली क्रिकेट टिमलाई नेपाल खेलकूद महासंघले बधाई दिएको छ । सोमवार भारतसँग भएको क्रिकेट भिडन्तमा नेपाली क्रिकेटरहरुले देखाएको साहस र कौशलताका लागि महासंघले मङ्गलवार प्रेस विज्ञप्तिमार्फत बधाई दिएको हो ।
महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ‘खेलको गणितीय नतिजा हाम्रो पक्षमा नरहे पनि नेपाली क्रिकेट टिमले नेपालीहरुको मात्र होइन, विश्वभरका क्रिकेट प्रेमीको मन जितेको छ । यसले स्पष्ट पारेको छ–नेपाली क्रिकेटको भविष्य सुन्दर छ ।’
महासंघका अध्यक्ष पर्शुराम बस्नेतद्वारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ ‘नेपालमा खेलकुदका लागि आवश्यक पूर्वाधार, खेलाडीलाई आवश्यक व्यवस्था हुन सकेमा नेपाली खेलकुदले छिट्टै फड्को मार्नेमा कसैको दुईमत नहोला । नेपाल खेलकुद महासंघले पटक पटक राज्यले खेलकुदलाई उपेक्षा गरिरहेको भन्दै यसमा समुचित ध्यान दिन सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गर्दै आइरहेको छ । आजको परिस्थितिमा पनि हामी नेपाली खेलकुद क्षेत्रको विकासका लागि नीतिगत लबिइङ, नीति निर्माण तथा पूर्वाधार विकासका लागि सम्बन्धित निकायसँग माग गर्दछौँ ।’
नेपाल खेलकूद महासंघले सदैव नेपाली खेलकुदको वृहत् विकासका लागि काम गर्नेछ प्रतिबद्धता समेत जनाईएको उक्त विज्ञप्तिमा नेपाल खेलकुद महासंघ सधैं नेपाली क्रिकेटहरुको साथमा रहेको समेत जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस