एमसीसी विद्युत प्रसारण लाइन निर्माणका लागि धादिङमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु

धादिङ, ७ भदौ । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)द्वारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि धादिङमा जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।
४०० केभी विद्युत प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन खण्ड तथा रातामाटे सबस्टेशनदेखि नयाँ दमौली अन्तर्गत पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको हो ।
आज जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै थाक्रे गाउँपालिकाको वडानम्बर ८, ११, १, २, ३, बेनिघाट रोराङ गाउँपालिकाको १०, ९, ८, ७, ५, ४, ३, गजुरी गाउँपालिकाको २, सिद्धलेखक गाउँपालिकाका ६ र ७, गल्छि गाउँपालिकाका ३, २ तथा नीलकण्ठ नगरपालिकाको ५ नम्बर वडामा पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको हो ।
सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सरोकारवाला व्यक्तिले अधिग्रहण हुने जग्गामा कुनै घर, टहरा, रुखबिरुवा, बालीनाली लगायतका अन्य संरचना भए सोसमेतको मुआब्जा तथा क्षतिपूर्तिको दाबीसहित जिल्ला प्रशासन कार्यालय धादिङमा निवेदन दिन सक्नेछन् । साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिब कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस