कुथेली बुखरी स्मल हाइड्रोपावरको २६ गतेदेखि आइपिओ निष्कासन

ipo-alart-share-market

ततोखबर। कुथेली बुखरी स्मल हाइड्रोपावरले असार २६ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

Advertisement:ipo-alart-share-market

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात् १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ मूल्यका १ लाख २१ हजार ८६८ कित्ता आइपिओ सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो।

सो मध्ये १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता आइपिओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि कम्पनीले निष्कासन गरिसकेको छ।

यस्तै, ५ प्रतिशत अर्थात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिसकेको कम्पनीले २ प्रतिशत अर्थात् २ हजार ४३७ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरेको छ। बाँकी रहेको १ लाख १ हजार १५१ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

सो आइपिओमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि साउन ९ गतेसम्म लम्बिनेछ।

कम्पनीकोसेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस् :