नेपाल र नेदरल्यान्ड्ससँगको प्रतिस्पर्धा कस्ले मार्ला बाजि !

ततोखबर असार ८ । नेपालले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा सुरूवाती तीन खेल मध्ये दुई खेलमा हार बेहोरेको छ।
समूह ‘ए’ मा रहेको नेपालले आयोजक जिम्बावेसँगको पहिलो खेलमा ८ विकेटले हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले अमेरिकामाथि ६ विकेटको जित निकाल्दै महत्वपूर्ण दुई अंक जोड्यो। यहि जितका कारण नेपालको सुपर–सिक्समा रहने सम्भावना कामयै बनेको थियो।
तेस्रो खेलमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग हार बेहोरेता पनि उत्कृष्ट प्रदर्शन गरेको नेपाल १०१ रनले पराजित भयो।
अब समूहको अन्तिम खेलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
समूहमा वेस्ट इन्डिज र जिम्बावे लगातार दुई जित निकाल्दै सुपर–सिक्स नजिक छन्।
यो अवस्थामा एक–एक खेलमा जित निकालेका नेदरल्यान्ड्स र नेपाल यो समूहबाट सुपर–सिक्समा पुग्ने तेस्रो टिम बन्ने समिकरण छ। किनभने लगातार तीन खेलमा पराजित भएको अमेरिका समूह चरणबाटै बाहिरिसकेको छ।
भोलिको खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराउँदा नेपालको सुपर सिक्समा पुग्नका लागि बाटो खुल्नेछ तर अन्तिम खेलमा नेदरल्यान्ड्सले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजलाई पराजित गरे नेपाल सुपर–सिक्स नपुग्न सक्छ । वेस्ट इन्डिज समुहमा सबैभन्दा बलियो टिम हो ।
नेपाल र नेदरल्यान्ड्स एकदिवसीय खेलमा पाँच वर्षपछि प्रतिस्पर्धा गर्न लागेका छन् । नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्यान्ड्ससँग दुई खेलको सिरिज खेलेको थियो। पहिलो खेलमा नेपाल ५५ रनले पराजित हुँदा दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पारेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस