गजल

(अनिल कोइराला)
पालुवासँगै चराचुरुङ्गी मुस्कुराए जस्तो छ
लाग्दैछ, बल्ल पो बसन्त आए जस्तो छ
.
अँध्यारो अँध्यारो देख्दैछु मलिन मुहार
ऊ सँग उसकी सङ्गिनी रिसाए जस्तो छ
.
नजरले देखे हातले चुँढे उसको अस्तित्व
अत्तर छाड्नु अघि फूल ओइलाए जस्तो छ
.
हिजो मात्रै सेयर बजार छिरेको हो ऊ
ठूलै भाग खाने सपनाले डुबाए जस्तो छ
.
मसाल उठाएर जुलुसमा के हिडेको थियो
सोच्दो हो हत्केलामा सुर्य उठाए जस्तो छ
.
लिने हातले आज दान दिएको हेरेर आएँ
आज त घाम पश्चिमबाट उदाए जस्तो छ
.
कोइलीको सङ्गत परेर होकी क्या हो कुन्नि
काग पनि मधुर स्वरमा गुन्गुनाए जस्तो छ
.
यहाँ नबोलेरै चल्ने रहेछ प्रेमको दाउपेच
आँखाले आँखालाई केही बताए जस्तो छ
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस