NTC App - Ad

सन्दीपले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट आज लिने सम्भावना

sandip-lamichhane-tatokhabar

८ वैशाख, काठमाडौं । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज ओमानको सामना घरेलु कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गर्दैछ । समूह ‘ए’ मा रहेका दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन् । नेपालले उदघाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने ओमानले कतारलाई ४० रनले हराएको थियो ।

Advertisement:sandip-lamichhane-tatokhabar

च्याम्पियन टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले एसियाकै क्रिकेटको शक्तिशाली राष्ट्र भारत र पाकिस्तानसँग एसिया कपमा खेल्ने नेपालको सपना भएकाले घरेलु मैदानको फाईदा नेपाली टोलीले उठाउन सक्छ ।
नेपालको खेलमा समर्थकको उत्साहजनक उपस्थितीले खेलाडिको मनोबल उच्च रहनेछ ।

नेपालले अहिलेसम्म क्रिकेट विश्वकप लिग टु मा ३६ खेल खेल्दा नेदरल्याण्ड, युएई र पपुवा न्युगिनीसँग सिरिजमा १२ खेल खेलेको छ । यस्तै एसिया कप छनोटमै यसअघि युएईसँग एक ओडिआई खेलेको छ ।

नेपालका लामिछाने ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिनबाट १ खेल मात्र टाढा छन् । सन्दीप ले ओमान विरुद्ध १ विकेट लिए सबैभन्दा छिटो एक सय ओडिआई विकेट लिने कीर्तिमान बनाउनेछन् ।

आजै मूलपानी मैदानमा समूह ‘बी’ अन्तर्गत अर्को खेल युएई र हङकङबीच खेल हुँदैछ ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :