NTC - FTTH

यमनमा सहयाता सामग्री वितरण भइरहँदा मच्चिएको भागदौडमा कम्तीमा ७८ जनाको मृत्यु

Meri Uni Lai - Global IME Bank

७ वैशाख, काठमाडौं । यमनको राजधानी सानाको एउटा विद्यालयमा रमजानको समयमा सहयाता सामग्री वितरण भइरहँदा मच्चिएको भागदौडमा कम्तीमा ७८ जनाले ज्यान गुमाएका छन्।

सामाजिक सञ्जालमा राखिएका भिडिओ फुटेजमा शहरको बाब अल येमन क्षेत्रमा अस्तव्यस्त दृश्य देख्न सकिन्छ।

Advertisement:

रोयटर्स समाचार संस्थाले प्रत्येक व्यक्तिलाई दिन खोजिएको ९ डलर अर्थात् लगभग १२ सय रुपियाँ सहयोग लिन सयौँ मानिसहरू भेला भएका थिए।
सन् २०१५ मा सरकारलाई लखेटेपछि हुथी विद्रोहीहरूले उक्त शहरमा शासन गर्दै आएका छन्।

उक्त सहयोग वितरणका लागि जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गरिएको छ र एउटा छानबिन अघि बढाइएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

धेरैजना घाइते भएका छन् र १३ जनाको अवस्था गम्भीर रहेको सानास्थित एक जना स्वास्थ्य अधिकारीले जनाएका छन्।

ज्यान गुमाउनेमा धेरै जसो महिला र बालबालिका छन्।
एसोसिएटेड प्रेस समाचार संस्थाले दुई जना प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै हुथी लडाकुहरूले भीड नियन्त्रणको प्रयासमा हवाई फायर गरेको र गोली बिजुलीको तारमा लाग्दा विस्फोटन भएको जनाएका छन्।

उनीहरूका भनाइमा त्यसले मानिसहरू आत्तिएका थिए र भागदौड अनि किच्चिने अवस्था निम्तिएको थियो।

इस्लाम धर्मावलम्बीहरूले निराहर बसेर मनाउने पवित्र पर्व रमजानको अन्तिम दिनहरूमा यो घटना भएको हो।
-बीबीसी

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra