नयाँ बर्ष पोखराको लेकसाईटमा फेवा महोत्सव
पोखरा, चैत ३० गते । पोखराको लेकसाइडमा १८औँ फेवा महोत्सव बुधबारबाट सुरु भएको छ। होटल संघ पोखराद्वारा आयोजित तीनदिने महोत्सवमा पर्यटन, संस्कृति र खानालाई प्राथमिकता दिइएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गर्दै पोखरालाई पर्यटकीय सहर घोषणा गर्ने प्रस्तावको फाइल मुख्य सचिवको टेबलमा पुगेर रोकिएको बताउनुभयो । उहाँले संघीय सरकारले घोषणा नगरे प्रदेश सरकार र महानगर मिलेर त्यस्तो घोषणा गरिने बताउनुभयो। यो घोषणसँगै रत्न मन्दिर र हिमागृह पनि सर्वसाधारणका लागि खोलिने उहाले बताउनु भएको छ । पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने विषयमा सरकारसँग गम्भीर रूपमा कुरा राखिएको र नेपाल नागरिक उड्डयन प्राधिकरण पनि यस विषयमा गम्भीर बन्नुपर्ने उहाँले बताउनु भयो । होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशसम्म उडानका लागि सरकार र निजी क्षेत्र सबै मिलेर पहल गर्नुपर्ने बताउनुभयो।
होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैरेले कूटनीतिक प्रयास गरेर भए पनि पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान यथाशीघ्र सञ्चालन गरिनुपर्ने माग राख्नुभयो। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्र्राष्ट्रिय उडान सञ्चालन गर्न प्रधानमन्त्रीलाई आफुले भेटेर कुरा राखेको स्मरण बताउनुभयो ।
महोत्सवका संयोजक लक्ष्मण सुवेदीले कोभिड–१९ लगायतका कारणले व्यवसायी पलायन हुँदा र हजारौँको रोजगारी गुम्दा नकारात्मक रूपमा प्रभावित पर्यटन व्यवसायलाई पुनरुत्थान गर्ने उद्देश्य महोत्सवले बोकेको बताएका छन ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

