मोरङका परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिने २०१ जना पक्राउ

२३ चैत, विराटनगर । विराटनगरबाट अर्काको नाममा परीक्षा दिने २०१ जनालाई पक्राउ गरेको छ ।
मोरङका तीनवटा परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिनेलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त डिएसपी रञ्जन दाहालले बिहीबार एक सय ९९ जनालाई पक्राउ गरिएको बताएका छन । बुधबार दुई जना पक्राउ परेको उनले बताए ।
मोरङ प्रहरीले ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट आज ५२ जनालाई नियन्त्रणमा लिएको छ ।केराबारी गाउँपालिकामा रहेको सार्वजनिक माविबाट १ सय २७ जनालाई पक्राउ गरेको छ । उक्त परीक्षा केन्द्रबाट २ सय ९२ जना विद्यार्थीले परिक्षा दिदै छन् ।
भने त्यस्तै सुन्दरहैचाको जनता माबी बाट २० जना नक्कली परिक्षार्थी पक्राउ गरेको छ ।
सामाजिक शिक्षा बिषयको परीक्षा दिने क्रममा सार्वजनिक माविमा १ सय २७ जना विद्यार्थी पक्राउ परेका हुन् । सो परीक्षा केन्द्रमा २ सय ९८ जना विद्यार्थीले परिक्षा दिदै आएका थिए। परीक्षा दिने मध्ये झण्डै आधा परीक्षार्थी पक्राउ परेका छन ।
सुन्दरहरैंचा नगरपालिकाको जनता माविमा ३ सय ११ जनाले परीक्षा दिदै आएका छन् । ती मध्ये २० जना नक्कली परिक्षार्थी पक्राउ गरेको प्रहरीले बताएको छ ।
बुधबार ग्रामथानकै सरस्वती माविमा खुल्लातर्फ विज्ञान विषयको परिक्षाका क्रममा कल्पना लिम्बूको परीक्षा दिने सुनसरी धरान उप–महानगरपालिका वडा नं–५ की २८ वर्षीय सुस्मिता लिम्बू पक्राउ परेकी थिइन् । लिम्बू पक्राउ परेपछि प्रहरीले थप दुई सय जनालाई पक्राउ गरेको हो ।
‘परीक्षा फारम भर्ना एउटाको फोटो रहेछ, प्रवेश पत्रमा फोटो फेरेको देखियो,’ डिएसपी दाहालले भने,‘ भेरिफाई गर्दा आफ्नो जन्ममिति पनि भन्न सकेनन् ।’ यो घटनाले परीक्षा प्रणालीका बारेमा सोच्न बाध्य बनाएको उनले बताए ।
एसईर्ईको परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गर्ने गिरोह नै सक्रिय रहेकाले अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस