लघुवित्तबाट ऋण लिएकाहरुको समस्या समाधानको बिषयलाई प्रतिनिधिसभामा सूझाव – महामन्त्री गगन थापा



१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लघुवित्तबाट ऋण लिएकाहरुको समस्या समाधानको बिषयलाई प्रतिनिधिसभामा सूझाव सहित आफ्नो धारणा व्यक्क्त गरे ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सबै पक्ष जिम्मेवार भएर यो समस्या समाधान गरिनुपर्ने धारणा राखे । यसका लागि राष्ट्र बैंकले तत्काल केही कदम चाल्नुपर्ने उनले जनाए ।
महामन्त्री थापाले भने, ‘अति न्युन आए भएका गरिबलाई गरिबीको आहलबाट निकाल्नको लागि काम होला भनेको कैयन लघुवित्त संस्थाको कारणले गर्दा गरिबहरु थला पर्न बाध्य भएका छन् ।’

अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्था, तत्कालको गर्जो टार्नका लािग जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहक र अनुमति दिँदै गर्दा हात फैलाउने तर परीवेक्षण गर्दै गर्दा मुठ्ठी कस्ने राष्ट्रबैंकका कारण लघुवित्तमा समस्या आएको उनले बताएका छन् ।
समस्या सँगसँगै उनले समाधानको उपाय पनि सुझाएका छन् र ती सुझाव कार्यान्वयन गर्न राष्ट्र बैंकलाई ध्यानकर्षण गराएका छन् ।

महामन्त्री थापाले सुझाएका सुझावहरु ः

१. साँच्चिकै मर्कामा परेकाहरुको राहतका लागि चाहे त्यो सीएसआर फण्ड होस चाहे क्लाइन्ट प्रोडक्सन फण्ड होस् त्यो बैंक र वित्तीय संस्थाहरुसँग छ त्यो फण्डको प्रयोग गर्ने ।

२. बदनीयतका साथ काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्ने ।

३. एउटा ऋणीले एउटा मात्रै संस्थाबाट ऋण लिन पाउने प्रावधान थपेर राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन गर्ने ।

४. सुपरीवेक्षण गर्ने कामलाई तल्लो तहसम्म लिएर जाने

५. वित्तीय साक्षरतालाई स्थानीय सरकारसँगको साझेदारीमा तल्लो तहसम्म लिएर जाने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा