बालिका मृत्यु प्रकरणमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गगन थापाको असन्तुष्टि

Nepali Congress leader Gagan Thapa speaking at program organised to support quake-affected building of Central Deaf Higher Secondary School in Naxal on Monday, December 28, 2015. Photo: RSS

ततोखबर, ३० भदौ / सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कान्ति बाल अस्पतालमा बालिका मृत्युसम्बन्धि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । स्वास्थ्य संस्थामाथि नै हिंसात्मक घटना भइरहँदा पनि प्रधानमन्त्री दाहालले सो अस्पतालको बालिका मृत्यु प्रकरणलाई सामसुम पार्ने ढंगले संसदमा आफ्नो अभिव्यक्ति दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सो प्रकरणमा किटान गरिएका दोषीलाई कारबाही गर्ने ढङगले अभिव्यक्ति नदिएकोमा आपत्ति जनाए । शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले सो घटना कान्ति बाल अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण हुन गएको बताएका थिए । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले किटान गरेका दोषीलाई कारबाही हुनेगरी प्रधानमन्त्रीले अभिव्यक्ति नदिएको र संसदमा पनि आफूलाई बोल्ने अवसर नदिएको भन्दै आक्रोश व्यक्त गरे ।

Advertisement:Nepali Congress leader Gagan Thapa speaking at program organised to support quake-affected building of Central Deaf Higher Secondary School in Naxal on Monday, December 28, 2015. Photo: RSS

सांसद थापाले सो घटनामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे । उनले मकवानपुरमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पनि तत्काल हिरासतमा लिएर कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई दबाब दिए । नेपाली कांग्रेसका महामन्त्री थापाले भर्खरै संसदबाट पारित भएको स्वास्थ्य संस्थासम्बन्धि ऐनअनुसार ती दुवै घटनाका दोषीलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताए । नागरिकलाई स्वास्थ्य संस्थाप्रति विश्वस्त बनाउन र स्वास्थ्यकर्मीहरुलाई पनि आफ्नो सुरक्षाप्रति विश्वस्त गराउन सरकारले मकवानपुर र कान्ति बाल अस्पतालका घटनाका दोषीलाई तत्काल कारबाही गर्नुपर्ने बताए ।

महामन्त्री थापाले भने, ‘मकवानपुरको एउटा अस्पतालमा भएको घटनाले गर्दा अहिले त्यहाँको स्वास्थ्य संस्थाहरु सबै प्रभावित भएको अवस्था छ । तर यो नयाँ घटना भने होइन । केही समयअघि हामीले गुल्मीमा, त्यसैगरी अरु विभिन्न जिल्ला हुँदै काठमाडौंमा पनि त्यस प्रकारका घटनाहरु देख्यौं । यस्ता घटनाहरु भइसकेपछि केही दिनसम्म यसका बारेमा सञ्चार माध्यमलगायत सबै ठाउँमा एकदमै धेरै बहस, छलफल, रापताप हुन्छ । त्यसपछि सामसुम हुन्छ र फेरि केही समयपछि यस्ता कुराहरु बल्झिन्छ ।’

सांसद थापाले त्यस्तो प्रबृत्तिले एकातिर स्वास्थ्यकर्मीहरुमाथि ठूलो प्रभाव पार्ने भएकोले आफूहरुले नेपालको स्वास्थ्यकर्मीहरुलाई ओटी खुवाउन नसकेको जिकिर गरे । उनले भने ‘यतिधेरै असुरक्षित महशुस गरिसकेपछि स्वास्थ्यकर्मीहरु काम गर्ने वातावरण छैन भनेर छोडेर हिँडने वातावरणलाई प्रेरित गर्छ । अर्काेतिर नागरिकहरुलाई पनि आफ्नो आक्रोश व्यक्त गर्ने तरिका भनेको हिंसा नै प्रयोग गर्नुपर्छ भन्नेकुरा पनि हुँदै जान्छ । त्यसैले यस्तो बेलामा प्रधानमन्त्रीले आज संसदमा त बोल्नुभयो । तर जुन प्रतिवद्धताको अपेक्षा गरेको हो, त्यो प्रतिवद्धता अझै पनि मैले त्यहाँ पाउन सकिन ।’

दुई वटा घटना एकैपटक भएको भएको र कान्ति बाल अस्पतालमा लापरबाहीको ठूलो घटना भएको प्रतिवेदन आइसकेको भन्दै त्यो प्रतिवेदनमा जसलाई दोषी, जो दोषी भनेर किटान गरिएको छ, किन्तु, परन्तु नभनिकन त्यो दोषीमाथि कारबाही हुनुपर्नेमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जोड दिए । नागरिकहरुलाई स्वास्थ्य संस्थामा लापरबाही भयो भने प्रचलित कानून अनुसार कारबाही हुन्छ भन्ने कुरा विश्वास दिलाउन अपरिहार्य रहेको पनि बताउदै उनले भने ‘मकवानपुरमा भएको घटनामा जोसुकै होस्, कारण जेसुकै होस्, कुनै त्यसको वास्ता नगरिकन केही समयअघि हामीले नै पारित गरेको स्वास्थ्य संस्थासम्बन्धी जुन ऐन छ, त्यो ऐनमा कुनैपनि स्वास्थ्यकर्मीमाथि हातपात भयो, आक्रमण भयो भने तत्कालै हिरासतमा लिएर कारबाही प्रक्रिया अघि बढाइने भन्ने जुन बन्दोबस्त छ । त्यो बन्दोबस्त अनुसार तुुरुन्तै कारबाही प्रक्रियालाई अगाडि बढाउनुु पर्छ ।’

आगामी दिनहरुमा कि कुनैपनि स्वास्थ्य संस्थामा, कुनैपनि स्वास्थ्यकर्मीलाई, कुनैपनि नाममा यदि कसैले पनि आक्रमण गर्ने प्रयास गर्छ भने राज्यले त्यस्तो कुरालाई सहँदैसहँदैन भन्ने कुरा स्थापित गर्न सरकारलाई सुझाव दिदै सांसद थापाले अगाडि भनेका छन् ‘अनि यस्ता घटना दोहोरिन्न भने अर्काेतिर कुनैपनि नागरिकलाई कुनैपनि स्वास्थ्य संस्थामा, कुनैपनि स्वास्थ्यकर्मीले हेलचक्र्याँई ग‍र्याे, लापरबाही ग‍र्याे, त्यसकारणले गर्दा मलाई वा मेरो परिवारलाई क्षति भयो भन्ने पर्याे भने बडो सजिलोसँग विश्वसनीय संयन्त्रमा गएर उसले आफ्नो कुरा राख्न पाउनुपर्छ । त्यसो हुँदै गर्दा नागरिकले पनि कुनै, कतै अफ्ठ््यारो हुनसाथ नै त्यो विश्वसनीय संयन्त्रमा गएर आफ्नो कुरा राख्छ । त्यसको सुनुवाई हुन्छ भन्ने उनीहरुलाई भरोसा हुन्छ । सुनुवाई पनि हुन्छ । र, परिणाम पनि आउँछ ।’

स्वास्थ्य संस्थाहरुमा हिंसात्मक आक्रमण हुनेकुरा गर्नुपर्ने कुनैपनि कारण नै रहँन नहुनेमा उनले जोड दिए । अर्काेतिर जुनसुकै नाममा भएपनि यो स्वास्थ्य संस्थामा काम गरिरहेका स्वास्थ्यकर्मीेहरुलाई दुरुत्साहित गर्ने जुन खालको घटना एकपछि अर्काे हुँदै गएको बताउदै यो पनि सदाको लागि बन्द गर्न आफूले अगाडि भनेको कुरा सरकारले लागू गर्न पर्नेमा सांसद थापाले जोड दिए । अहिलेको कान्ति बाल अस्पतालको घटनालाई पनि सामसुम पार्ने, मकवानपुरको घटनालाई पनि सामसुम पार्ने भन्ने कुरा गरियो भने अलि पछाडि फेरि यो सल्केर आउने र कसैले थाहा नपाइकन समाजमा यसले धेरै प्रभाव पार्दै गएको उनको बुझाई छ ।

स्वास्थ्यकर्मीहरु नै यहाँ काम गर्न नसक्ने, सकेसम्म नेपाल बस्दिन भन्ने अवस्थाहरु बन्नसक्ने दावी गर्दै नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले यो बारेमा प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायत जिम्मेवारीमा बसेका अधिकारीहरुले समयमै सचेत बन्नुपर्नेमा जोड दिए । समयमै सचेत बन्न अनुरोध गर्दै नेपाली काँग्रेसकै तर्फबाट केही दिनअघि भएको संसदको बैठकमा आफूलगायत अरु सदस्यहरुले नै यो कुरा उठाएको पनि उनले बताउदै उनले भने ‘कान्ति बाल अस्पतालको कुरा पनि उठाएको हो । आज संसद बैठक चलेको भए हामी यो कुरा आज पनि उठाउँथ्यौ नै । हामी संसदको प्रधानमन्त्री, मन्त्री कुन राजनीतिक दलको छ भन्ने कुरालाई नेहरीकन के भनिरहेका छौँ भने नेपाली काँग्रेसको तर्फबाट तपाईहरुले गर्ने प्रत्येक राम्रो काममा हाम्रो साथ हुन्छ र संसदभित्रबाट हाम्रो जिम्मेवारी तपाईहरुलाई झकझक्याउने हो ।’

यस्ता कतिपय मुद्दाहरु परिणाममा पुगोस् भन्ने आफूहरुको चाहना भएको र त्यसका निम्ति सहयोग पनि रहने उनले बताए । कान्ति बाल अस्पताल र मकवानपुरको घटना प्रतिनिधि घटना भएको भन्दै नेका महामन्त्री थापाले यी प्रतिनिधि घटनाहरुलाई ठिक ठाउँमा राख्नका निम्ति आफूहरुले यही संसदबाट पहिले नै कानून बनाइसकेको बताए । उनले भने ‘हामीले आफैँले पहलकदमी गरेर बनाएको कानून छ । त्यो कानूनको प्रयोग किन नहुने ? त्यो कानूनको प्रयोग गर भन्ने कुराको सन्दर्भमा हामीले अहिले यो बेलामा प्रधानमन्त्रीलाई, स्वास्थ्यमन्त्रीलगायत सबै साथीहरुलाई भन्ने हामीले त्यही नै हो । त्यो कानूनको प्रयोग गर्नुस र उपयुक्त यो आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने हो, त्यो जिम्मेवारी निर्वाह गर्नुस भन्ने हो । यो खालको भुमिका निर्वाह गर्दैगर्दा सरकारको को छ भनेर पनि हामी हेर्दैनौं । हेर्नुु पनि हुन्न । भोलि हामी फरक भुमिका रहँदैगर्दा पनि हामीले लिने पोलिसीहरु यही नै हुन्छ । चाहे हामी सरकार रहुँ, चाहे हामी प्रतिपक्षमा रहुँ ।’

महामन्त्री थापाले आफ्नो पार्टीले सरकारलाई राम्रो काम गर्नका लागि दबाब दीरहने पनि दोहोर्‍याए ।

-NAN

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application