२७४ रनको लक्ष पछ्याउँदै नेपाल-सन्दीप लामिछानेको व्यक्तिगत तेस्रो विकेट

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत टियू क्रिकेट ग्राउण्डमा आज जारी नेपाल र स्कटल्याण्डबीचको खेलमा नेपाली स्पिनरहरु चम्केका छन् । सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो विकेट लिएपछि स्कटल्याण्ड थप दवावमा परेको थियो ।सन्दीपले ब्रान्डन म्याकमुलनलाई कुशल मल्लको हातबाट क्याच गराएपछि स्कटल्यान्डले ११३ रनमै ६ विकेट गुमाएको थियो ।
स्पिनरलाई सहयोग गरिरहेको पीचमा स्कटिस ब्याट्सम्यान दबाबमा रहेका छन । पार्टटाइम बलर कुशल भुर्तेलले पनि एक विकेट लिएका छन् । कुशल मल्लले स्कटल्याण्डका दुई ओपनरहरुलाई आउट गरेसँगै खेलमा नेपालले पकड बनाएको थियो । खेलको ७ औं विकेट दिपेन्द्रसिंह ऐरिले लिएका छन भने सोमपाल कामि, करण केसी, कुशल मल्लले एक एक मेडन ओभर गराउन सफल भएका छन् । पहिले ब्याटिङ्ग गरेको स्कटल्याण्डको तर्फबाट मिचेल लेस्कले सर्वाधिक १०७ रन नटआउट बनाउन सफल भए भने अन्य खेलाडिले ३० रन कटाउन सकेनन् । अब नेपाली खेलाडि स्कटल्याण्डले दिएको २७४ रनको लक्ष पछ्याउँदै ब्याटिङ्ग गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस