त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले क्यानडाको सामना गर्दै
काठमाडौं / त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत शनिबार नेपालले क्यानडाको सामना गर्दैछ ।
क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति पौने १० बजेदेखि शुरु हुनेछ । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी–२० सिरिज आजदेखि खेल्न लागेका हुन्।
यो सिरिजमा आइतबार नेपाल र ओमानबीच, सोमबार ओमान र क्यानडाबीच, मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच तथा बिहीबार क्यानडा र ओमानबीच खेल हुनेछ।
क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली क्यानडा पठाएको छ । यसअघि यो टोलीले क्यानडा र ओमानसँग आईसीसी लिग टू अन्तर्गत एक दिवसीय क्रिकेट खेलेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय