प्रतिनिधिसभामा आज अर्थमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने
तातो खबर
२०८१ जेष्ठ २३
काठमाडौं / सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल बुधबार सकिँदैछ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा बोल्न बाँकी सांसदले आज पनि धारणा राख्नेछन् । संसद् सचिवालयका अनुसार आज एक घण्टा बजेटमाथि छलफल चल्नेछ। सांसदले उठाएका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यक्रम छ । [...]