मन्त्रालयले गठन गर्‍यो बजेट मस्यौदा लेखन समिति गठन

aartha-mantralaya

तातोखबर, काठमाडौँ / अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आज (शुक्रवार) आगामी आवका लागि बजेट लेखन समिति गठन गरेको उनको सचिवालयले जनाएको छ।

Advertisement:aartha-mantralaya

आगामी आवको बजेट वक्तव्य लेखनका लागि सहसचिव धनीराम शर्माको संयोजकत्वमा समिति गठन भएको हो।

समितिमा अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पार्वती शर्मा सदस्य छन्।

समिति संयोजक शर्माले भोलि (शनिवार) नै बैठक बसेर समितिले काम थाल्ने बताए। विषयगत मन्त्रालयहरूसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने उपनिर्देशक शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application