काठमाडौं / आजको प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने भएको छ । बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहनेछ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । [...]