पाकिस्तान विश्वकपबाट बाहिरियो, अमेरिका सुपर एटमा

जारी आईसिसी टी-२० विश्वकपमा अमेरिका र आयरल्यान्ड बीच फ्लोरिडामा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि अमेरिका दोस्रो चरणमा प्रवेश गर्ने भएको हो ।
उता दुवै टोलीले अंक बाँडेपछि साविक उपविजेता पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।
आफ्नो पहिलो खेलमा अमेरिकाविरुद्ध हार बेहोरेको पाकिस्तान यसपटक दोस्रो चरणमा नपुगी घर फर्किने भएको हो ।
समूह ए मा भारत ३ खेलमा ३ जित सहित शीर्ष स्थानमा छ । अमेरिकाको आजको नतिजा पछि ४ खेलमा ५ अंक पुगेको छ। पाकिस्तानको भने ३ खेलमा २ अंक मात्र रहेको छ । यस्तै क्यानाडाको पनि ३ खेलमा २ अंक रहेको छ भने आयरल्यान्डको ३ खेलमा शून्य अंक छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस