काठमाडौं, असार १९ गते । ५ देखि ११ वर्षसम्मका बालबालिका लागि दिइने फाइजर बायोन्टेकको करिब २३ लाख कोभिडविरुद्धको पेडियाट्रिक खोप काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत फाइजर बायोन्टेकको २२ लाख ९९ हजार २०० मात्रा पेडियाट्रिक डोज खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग जनाएको छ । [...]