NTC App - Ad

केएमसी स्कुलकी कर्मचारी मृत फेला

काठमाडौं, १९ असार । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा कार्यरत एक कर्मचारी मृत फेला परेकी छिन् ।

काभ्रे तेमाल गाउँपालिका घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement:

उनी गए राति पौने ८ बजे तिर झुन्डिएको अवस्थामा फेला परेको भन्ने प्रहरीलाई खबर पुगेको थिए । उनी होस्टेलको स्टाफको कोठाको डबल डेकर खाटमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । गएराति नै शव फेला परे पनि प्रहरीले अनुसन्धान प्रक्रिया सुरू गर्न सकेको छैन ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :