यतिका सेना, प्रहरी र कर्मचारीको काम छैन, कटौती गरौं : इन्द्र बानियाँ



हेटौँडा । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति तथा बागमति प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले नेपालमा अहिले भएका सेना, प्रहरी र निजामती कर्मचारीको संख्या धेरै भएकाले कटौती गर्नुपर्ने बताएका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाद्धारा आयोजित एक कार्यक्रममा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँले नेपाली सेना र निजामती कर्मचारीहरुको संख्या धेरै आवश्यक नरहेको बताए ।

उनले भने, ‘अहिले मान्छेले प्रदेशलाई अनेक कुरा गरेका छन् । प्रदेश बोझ भयो, यो भयो, त्यो भयो भनेका छन् । तर, नेपालका करिब २९ हजार जनप्रतिनिधिको जम्मा खर्च ३ अर्ब छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीको संख्या कति छ ? नेपाली सेना के को लागि धेरै चाहियो ? ई–गभर्नेन्सको कुरा गर्ने अनि निजामती कर्मचारी किन धेरै चाहियो ? यी कटौती गरौं । तर, जनप्रतिनिधि कटौती आवश्यक छैन ।’

उनले हाल नेपालमा एकजना वडा सदस्य बराबर करिब २ हजार मानिस रहेको भन्दै जनप्रतिनिधि कटौती आवश्यक नभएकोमा जोड दिए । नेता बानियाँले थपे, ‘अहिले एक जना वडा सदस्य एकदेखि दुई हजार मानिस भएको ठाउँमा पुग्नुपर्दछ । तर, नेपाली सेना र सशस्त्र प्रहरीको बारेमा विचार गरिनुपर्दछ ।’

राज्य पुनर्संरचना भएर संघीयतामा गएको भन्दै उनले सेना, सशस्त्र प्रहरी र निजामती कर्मचारीको पनि पुनर्संरचना आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा