करिब २३ लाख कोभिडविरुद्धको पेडियाट्रिक खोप काठमाडौंमा



काठमाडौं, असार १९ गते । ५ देखि ११ वर्षसम्मका बालबालिका लागि दिइने फाइजर बायोन्टेकको करिब २३ लाख कोभिडविरुद्धको पेडियाट्रिक खोप काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत फाइजर बायोन्टेकको २२ लाख ९९ हजार २०० मात्रा पेडियाट्रिक डोज खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग जनाएको छ ।

सरकारले २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरेको थियो । ५ देखि ११ वर्ष उमेर समुहका ३९ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ । त्यसको लागि कोभ्याक्सले ८४ लाख डोज खोप अनुदानमा उपलव्ध गराउने भएको छ ।

यसअघि कोभ्याक्स मार्फत गत ६ असारमा पनि २२ लाख डोज खोप प्राप्त गरेको थियो । खोप माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले नेपालले कोल्ड चेनको क्षमता अनुसार खोप चरणवद्ध रुपमा ल्याएको विभागले जनाएको छ । आज प्राप्त खोप अभियान सञ्चालन गरिएका २७ जिल्लामा पहिलो मात्रा लगाउन छुटेका बालबालिका र दोस्रो डोजको लागि प्रयोग गरिने विभागले जानकारी दिएको छ ।

पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ । सरकारले विद्यालयमै खोप केन्द्र तोकेको छ । देशका बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा