मकवानपुरको बकैयामा कारको ठक्करबाट बालकको मृत्यु

मकवानपुर  – मकवानपुरको बकैया गाउँपालिका–४ गोठखोलामा कारको ठक्करबाट साइकलमा सवार एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ११ बर्षीय निशान बानियाँ रहेको प्रहरीले जनाएको छ ।

हात्तिसुडेबाट गरगरेतर्फ आउदै गरेको प्रदेश ३–०१–०२४ च १७९६ नम्बरको कारले गरगरेबाट हात्तिसुडेतर्फ जादै गरेको साईकलयात्री निशानलाई ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए ।खुट्टा भाच्चिएको, टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको थियो । उनको उपचारको क्रममा सोमबार दिउँसो हेटौंडा अस्पतालमै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । कार र कार चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :