ढुवानीसम्बन्धी छुट्टै ऐन आवश्यक : कानूनमन्त्री

तातोखबर, काठमाडौँ / कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ढुवानी सेवाका लागि छुट्टै ऐन आवश्यक रहेको बताएका छन्।
गिरीले शनिबार काठमाडौंमा आयोजित ढुवानी व्यवसायी महासंघ, नेपालको कार्यक्रममा बोल्दे मन्त्री गिरीले त्यो ऐन निर्माणका लागि आफैँले मस्यौदा बनाएर कानून निर्माणमा सहयोग गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरे। उनले कानूनको माध्यमबाट ढुवानी व्यवसायीहरूको समस्या समाधान गर्न आफू जिम्मेवार भएर लागिपर्ने आश्वासन समेत दिए।
मन्त्री गिरीले भने, ‘ढुवानी सेवा सम्बन्धी छुट्टै एउटा ऐनको आवश्यकता हो कि भन्ने मलाई महसुस हुन्छ। त्यसका लागि तपाईंहरूले ड्राफ्ट गरे हुन्छ। सार्वभौमसत्ता सम्पन्न मुलुकमा सबै नागरिक आफैंमा सांसद हुन्। तपाईंहरूले त्यसमा मलाई सहयोग गर्नुस्। त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नका लागि हाम्रो ठाउँबाट यसरी योगदान गर्न सकिन्छ भनेर तपाईंहरूले लिएर आउनुस्। त्यसलाई मैले राम्रोसँग अध्ययन गर्छु। र यहाँहरूको समस्या समाधानका लागि म जिम्मेवारीका साथ लाग्छु।’
मन्त्री गिरीले कानून निर्माणको काममा सम्बन्धित क्षेत्रको सहयोगको आफूले अपेक्षा गरेको पनि बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस