३३ किलो सुनको प्रतिवेदन पनि सार्वजनिक गरियोस्, लुकाएर नराखियोस्: सांसद केसी

तातोखबर, काठमाडौँ / शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले साढे ३३ किलो सुन प्रकरणको छानबिन प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका छन्।
सांसद केसीले २०७५ सालमा ईश्वर पौडेल नेतृत्वको छानबिन आयोगले बनाएको साढे ३३ किलो सुन प्रकरणको प्रतिवेदन गायभ पारिएको बताउँदै संसदमा सार्वजनिक गर्न माग गरेका हुन्।
‘२०७५ सालमा प्रधानमन्त्री र गृहमन्त्रीलाई बुझाएको ७५२ पेजको प्रतिवेदन गायभ गरिएको छ,’ उनले भने, ‘ देशको आजसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार एनसेल काण्डको प्रतिवेदन पनि सार्वजनिक गरियोस्। लुकाएर नराखियोस्।‘
डिल्लीराज आचार्य नेतृत्वको आयोगले तयार पारेको अहिलेको प्रतिवेदन पनि सार्वजनिक गर्न उनले माग गरेका छन्। ‘डिल्लीराजको प्रतिवेदन त्यत्तिकै अत्तोनपत्तो हराउने काम नहोस्। जो दोषी छन् तिनिहरूमाथि सम्पूर्ण रूपले कारबाही होस्,’ उनले भने।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस