बागमती प्रदेश सभा बैठक आज पनि

तातोखबर, काठमाडौं / बागमती प्रदेश सभाको बैठक बुधबार पनि बस्दैछ। बैठक दिउँसो ३ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।
बैठकमा विशेष समितिको प्रतिवेदनमाथि दफावार छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ। मंगलबारको बैठकमा बजेट तथा कार्यक्रम विशेष समितिका संयोजक गोविन्दप्रसाद लम्सालले प्रतिवेदन टेबुल गरेका थिए।
बजेट कार्यन्वयनमा लामो समय विवाद भएपछि बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी ११ सदस्यीय विशेष समिति गठन गरिएको थियो। समितिले कार्यविधि निर्माण गरी सत्तापक्ष र प्रतिपक्षबीचको सहमतिलगायत विषयमा अध्ययन तथा परामर्श गरी हिजोको बैठकमा प्रतिवेदन पेश गरेको हो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस