मौसम परिवर्तनसँगै इन्फ्लुएन्जा(फ्लु) संक्रमणको जोखिम

तातोखबर / चिसो मौसम सकिएर भर्खरै गर्मी मौसम सुरु हुने क्रम रहेको छ। प्राय मौसम परिवर्तन हुने समयमा धेरै जसो इन्फ्लुएन्जा (फ्लु) को संक्रमण देखिने गर्छ। जटिल प्रकारको स्वास्थ्य समस्या नभए पनि इन्फ्लुएन्जाको संक्रमणपछि एक हप्तासम्म धेरैमा सामान्यदेखि जटिल प्रकारको स्वास्थ्य समस्या देखिने गर्छ।
के हो इन्फ्लुएन्जा ?
इन्फ्लुएन्जालाई बोलीचालीको भाषामा इन्फ्लुएन्जा भनिन्छ । यो इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने संक्रमक रोग हो । यो भाइरसले सबै उमेरका व्यक्तिहरूलाई फ्लु लाग्न सक्छ। इन्फ्लुएन्जा भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ । ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक हुँदा पनि फ्लु लाग्न सक्छ।
इन्फ्लुएन्जाका लक्षण
ज्वरो आउनु
खोकी लाग्नु र घाँटी दुख्नु
टाउको दुख्नु
नाक बन्द हुनु वा सिँगान बग्नु
जिउ र मांसपेशी दुख्नु
थकान महसुस हुनु
(फ्लु भएका सबैलाई ज्वरो नआउन पनि सक्छ )
इन्फ्लुएन्जा संक्रमणबाट कसरी बच्न सकिन्छ
बिरामी भएका व्यक्तिहरूसँग भौतिक दूरी राख्ने
खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने
शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने
सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने
बेलाबेलामा साबुनपानीले हात धुने वास्यानिटाइजरको प्रयोग गर्ने
आफ्नो आँखा, नाक वा मुख नछुने
फ्लु भएका अधिकांश व्यक्तिहरूलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधिहरू आवश्यक पर्दैन । दीर्घरोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कमभएकालाई फ्लुले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिले स्वास्थ्यकर्मीको निगरानी वा सम्पर्कमा भने बस्नु पर्ने हुन्छ।
स्रोत:राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस