मन्त्रालय भागवण्डाको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

तातोखबर, काठमाडौं / मन्त्रालय भागवण्डाको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दैछ। बैठकको समय टुंगो भने लागिनसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठले पनि बैठक बस्ने तय भए पनि समयको टुंगो नभएको बताए। एकीकृत समाजवादीको सचिवालय बैठकको निर्णयपछि मात्रै बैठक बस्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आफ्नै निवासमा पुगेर भेटी गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए। नेपालले पनि सकारात्मक प्रतिक्रया दिएको बताईएको छ ।
यसैबीच आआफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लगाउने प्रयासमा सत्ता गठबन्धनका दल आन्तरिक छलफलमा जुटेका छन् । बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी स्वरुप दलहरू आन्तरिक छलफलमा जुटेका हुन्।
यसअघि एमाले, माओवादी र रास्वपाका एक-एक जना मन्त्री बनिसकेका छन्, तर उनीहरूलाई कुनै पनि मन्त्रालयको जिम्वेवारी दिईएको छैन ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस