गठबन्धनको यो सरकार कायमै रहने: देउवा

sher-bahadur-deuba-at-bharatpur-visit-year-2024

तातोखबर, चितवन / कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनको यो सरकार कायमै रहने बताएका छन् ।

शुक्रवार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले अहिले गठबन्धनको सरकार रहेको र यो सरकार कायमै रहने विश्वास व्यक्त गरेका छन् । उनले देशको अर्थतन्त्रको विकासमा पर्यटन महत्वपूर्ण क्षेत्र भएकाले यसमा ध्यान दिन जरुरी रहेको बताए।

Advertisement:sher-bahadur-deuba-at-bharatpur-visit-year-2024

उनले पर्यटन विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको भन्दै निजी क्षेत्रसँगको सहकार्य बिना पर्यटन विकास हुन नसक्ने बताए । उनले भरतपुर महानगरपालिका प्राकृतिक सुन्दरताले सम्पन्न स्थान भएको बताए ।

प्रतिक्रिया दिनुहोस् :