बागमती प्रदेशको हिउँदे अधिवेशन फागुन १५ गते

तातोखबर, हेटौंडा / बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन यही फागुन १५ गते अपराह्न ३ बजे आह्वान गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा आज भएको बैठकले प्रदेश शिक्षा नीति, विपन्न दलित सशक्तीकरणसम्बन्धी कार्यविधि र प्रदेश स्वयम्सेवक परिचालन कार्यविधिलाई स्वीकृति दिने निर्णय गरेको छ।
प्रदेशका समस्याग्रस्त सहकारीका समस्या अध्ययन गर्न १६ जना कर्मचारी दरबन्दी स्वीकृत गरिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस