बालकुमारी घटना:समितिको प्रतिवेदन अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउने-प्रधानमन्त्री

तातोखबर, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे छानबिन समितिको प्रतिवेदनबारे अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् । जारी प्रतिनिधिसभा वैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सांसदहरूले भने जसरी मृतकका परिवारलाई १० लाख रुपैयाँ दिएर सरकार चुप बसेको भन्ने आरोपमा सत्यता नभएको दाबी गरे । उनले मृतकका परिवारका एक-एकजनालाई रोजगारीको ग्यारेन्टी र श्रम मन्त्रालयबाट थप रकम दिने निर्णय पनि सकारले गरिसकेको उनले जानकारी दिए ।
‘विषयलाई जसरी प्रस्तुत गरियो त्यो घटनाबारे सरकारको तर्फबाट तत्काल लिएको पहल र त्यसपछि भएको क्रियालकलापबारे लगत सूचना भएको पाएँ’, उनले भने, ‘त्यसमा तत्काल संलग्नहरूलाई निलम्बन गर्ने, छानविन अघि बढाउने र मृतकका परिवारलाई १० लाख मात्र होइन, ज्यान गुमाएका दुई व्यक्तिका परिवारका एकएक जनालाई रोजगारी दिने र श्रम मन्त्रालयले त्यो अफिसबाट थप रकम दिन निर्देशन पनि सरकारले दिएको छ।’
प्रधानमन्त्री प्रचण्डले अहिले गृहमा रहेको प्रतिवेदन आजै आफूले बुझेर अध्ययन गर्ने र त्यसपछि त्यसैअनुसार आफू अघि बढ्ने बताएका छन्। उनले भने, ‘जुन प्रतिवेदन आएको छ, र अहिले गृहमा छ। यसलाई आज मैले बुझ्दै छु। अहिलेसम्म मैले हेरेको छैन। आजै क्याविनेट छ। त्यसलाई अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस