प्रचण्ड र रामचन्द्र पौडेल बिच शीतल निवासमा भेटबार्ता

prachand-ramchandra-paudel

तातोखबर, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेल बिच शीतल निवासमा भेटबार्ता भएको छ ।

संसदमा प्रमुख प्रतिपक्षी कांग्रेसले निरन्तर अवरोध गरिरहेको अवस्थामा रास्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट भएको हो । भेटमा पौडेलले संसद्को गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

Advertisement:prachand-ramchandra-paudel

सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application