सीरियाका राष्ट्रपति बशर अल असाद फरार

काठमाडौं / सीरियाका ठूला र रणनीतिक महत्वका सहरहरु कब्जा गरेको विद्रोही समूह राजधानी दमास्कसमा प्रवेश गरेको छ।
हयात तहरीर अल–शाम समूहले आफ्ना लडाकु दमास्कस प्रवेश गरेको जानकारी टेलिग्राममार्फत् दिएको हो। योसँगै दमास्कसमा गोलाबारीको आवाज सुनिएको समाचारहरुमा जनाइएको छ। यो समूहले दुई हप्ताअघि मात्रै अलेप्पो सहरबाट सैन्य विद्रोह सुरु गरेको थियो। त्यसलगत्तै अलेप्पो कब्जा गरेको समूहले हमा र डेरा सहरसमेत कब्जा गरिसकेको छ।
पछिल्लोपटक उक्त समूहले सीरियाको सबैभन्दा ठूलो होम्स सहर आफ्नो नियन्त्रणमा आएको घोषणा गरेको छ। होम्स सहर नियन्त्रणमा लिएपछि इस्लामवादी हयात तहरीर अल–शाम समूह राजधानी दमास्कस प्रवेश गरेको हो।
यसैबीच राष्ट्रपति बशर अल असादले राजधानी छोडेको दाबी गरिएको छ। असाद जहाज मार्फत् अज्ञातस्थल तर्फ फरार भएको रोयटर्सलाई उधृत गर्दै बीबीसीले जनाएको छ।
सीरियन अब्जरभेटरी फर ह्युमन राइट्सले असादले निजी जहाजमार्फत् दमास्कस छोडेको बताएको छ। उक्त संस्थाले भनेको छ, ‘दमास्कस विमानस्थलबाट एउटा निजी जहाज उडेको छ, सम्भवत उक्त जहाज असाद सवार थियो। त्यसपछि विमानस्थलबाट सरकारी सेनालाई हटाइएको छ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु