बाइडेनभन्दा कमला ह्यारिसलाई हराउन सहज हुने ट्रम्पको दाबी

काठमाडौं / अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले डेमोक्र्याट उम्मेदवरा कमला ह्यारिसलाई हराउन राष्ट्रपति जो बाइडेनलाई हराउनुभन्दा सहज हुने जिकिर गरेका छन्।
केहि सर्वेक्षणहरुले नभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रयाट ह्यारिस अगाडी रहेको देखाएपनि रिपब्लिकन उम्मेदवार ट्रम्पले भने ह्यारिसलाई हराउन रास्ट्रपति जो बाइडनलाई हराउनु भन्दा सहज हुने बताएका हुन्।
अमेरिकी राष्ट्रपति चुनावमा महत्वपूर्ण बन्दै गएको राज्य पेन्सिलभेनियाको उत्तरपूर्वी सहर विल्क्स ब्यार्रीमा भएको एक चुनावी सभालाई सम्बोधन गर्दै रिपब्लिकन उम्मेदवार ट्रम्पले कमला एक र्याडीकल अर्थात् पूर्ण राजनीतिक र सामाजिक परिवर्तन चाहने पागल राजनीतिज्ञ रहेको बताएका छन्।
ट्रम्पले ह्यारिसका धेरै विषय र नीतिहरुमा निकै गलत रहेको बताएका छन्। ट्रम्पका अनुसार ह्यारिसले फ्रयाकिङ्ग उद्योगमाथि प्रतिबन्ध लगाउनेबारे राखेको धारणा निकै गलत र अमेरिकी हित विपरित रहेको जनाएका हुन्।
फ्रयाकिङ्ग अथवा हाइड्रलिक फ्रयाक्चरिङ्ग भनेको तेल र ग्यास निकाल्ने एक प्रविधि हो जुन पेन्सिलभेनिया राज्यमा निकै महत्वका साथ हेरिन्छ।
ह्यारिसको चुनावी अभियानले भने उनले त्यस्तो प्रतिबन्धको समर्थन नगर्ने सङ्केत गरेको छ। ट्रम्पले ह्यारिसमाथि केहि व्यक्तिगत आरोप समेत लगाएका छन् हुन् राजनीतिक विश्लेषकहरुले ट्रम्पकैविरुद्ध जान सक्ने बताएका छन्।
डेमोक्र्याटिक राष्ट्रिय सम्मेलन सोमबार शिकागोमा सुरु हुनु अघि ह्यारिसले भने पेन्सिलभेनिया राज्यको पूर्वी सहर पिट्सबर्गबाट आफ्नो चुनावी यात्रा प्रारम्भ गरेकी छन्।
ट्रम्पले ह्यारिसभन्दा निकै आकर्षक देखिने समेत दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस