विवाहपछिको सम्बन्धका कारण प्रमिलाको हत्या

तातोखबर, काठमाडौँ / काठमाडौँको एक होटलमा माघ २७ गते मृत अवस्थामा फेला परेकी प्रमिला दमाईको विवाहपछिको सम्बन्धका कारण हत्या भएको प्रहरीले बताएको छ ।
सोमवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले यसबिषयमा जानकारी गराएको हो । माघ २७ गते काठमाडौँ महानगरपालिका वडा नम्बर ९ गौशाला रुन्चे डाँडास्थित एक होटलमा प्रमिला दमाईको शव फेला परेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, एसएसपी भूपेन्द्र खत्रीले हत्यामा संलग्न भएको आरोपमा दोलखा वैद्येश्वर गाउँपालिका ७ घर भइ काठमाडौँ डेरा गरी बस्ने कुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको बताए।
ती महिला रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ५ घर भइ हाल काठमाडौँ महानगरपालिका ९ भीमसेनगोलामा डेरा गर्दै बस्दै आएकी थिइन् ।
एसएसपी खत्रीकाअनुसार प्रमिला र कुमारबीच दोलखाको एक रेडियो कार्यक्रममार्फत चिनजान भएको थियो ।
दुवै विवाहित रहेको प्रहरीले बताएको छ । उनले पछिल्लो समय प्रमिलाले आफूसँग विवाह गर्न दबाब दिएपछि कुमारले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस