खुकुरी प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँ / श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गर्ने एकजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई हाल पोखरा महानगरपालिका–८ कुँवर टोलमा डेरामा बस्दै आएका ४२ वर्षीय जहरसिंह कुँवर रहेका छन् ।
कास्की प्रहरीका अनुसार मङ्गलबार राति करिब १२ बजेर १० मिनेटको सयमा डेरामा सँगै रहेकी श्रीमती ४० वर्षीया राधिका कुँवरमाथि जहरसिंहले खुकुरी प्रहार गरेका हुन्। सामान्य विवादकै क्रममा उनले श्रीमतीको घाँटी र पेटमा खुकुरी प्रहार गरेपछि राधिका गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको लागि तत्कालै पश्चिम क्षेत्रीय अस्पताल पोखरामा पठाइएको भए पनि चिकित्सकले चेकजाँच गर्ने क्रममा राधिकालाई मृत घोषणा गरेका थिए।
वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले जहरसिंहलाई खुकुरीसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस