पूर्व डीआईजी छविलाल जोशीको घरमा छापा: सूर्यदर्शन सहकारीको सर्भर बरामद

तातोखबर, काठमाडौं / सूर्यदर्शन सहकारीको घोटाला प्रकरणमा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीको घरमा छापा मारेको छ।
बुधवार साँझ शंखमुलस्थित जोशीको घरमा प्रहरीको टोलीले सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि प्रमाण संकलन गर्न छापा मारेको हो । त्यस घरमा नेचर हब इन्टर नेसनल प्रालीको अफिस रहेको थियो।
फरार रहेका ग्यालेक्सी टेलिभिजन तथा सूर्यदर्शन सहकारीका सञ्चालक गितेन्द्रबाबु राईका व्यावसायिक साझेदार जोशी रहेका छन्।
जोशीको उक्त घरबाट सूर्यदर्शन सहकारीको सर्भर बरामद भएको प्रहरीले जनाएको छ। यता पूर्व डीआईजी जोशीले बुधवार राती नै सामाजिक सञ्जालमार्फत उक्त घर आफ्नो निजी नभएको र व्यावसायिक सम्पत्ति रहेको दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस