मकवानपुरमा ६ महिनामा १ सय ३८ वटा सवारी दूर्घटना

हेटौंडा–बढ्दो सवारी चाप र चालकको लापरबाहीका कारण सवारी दूर्घटना न्युनीकरणमा चुनौती थपिइरहेको बेला मकवानपुरमा ६ महिनाकै अवधिमै एक सय ३८ वटा सवारी दूर्घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा जिल्लामा सवारी दूर्घटनाबाट ३२ जनाले ज्यान गुमाएका छन् भने ४९ जना गम्भीर र १ सय ८२ जना सामान्य घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार ६ महिनाको अवधिमा २० वटा ट्रक, ७ वटा बस, ४ वटा टिपर, १७ वटा जिप/ कार, ७७ वटा मोटरसाइकल, ८ वटा ट्याक्टर र अन्य ५ वटा सवारी दूर्घटना भएका थिए । विगतका वर्षको तथ्यांक हेर्दा पनि सवारी दूर्घटनामा धेरै धनजनको क्षति भएको देखिन्छ । गत आर्थिक वर्ष ७९/०८० मा ट्रक ४८, टिपर ७, बस ३३, माइक्रो २, जिप कार ५१, मोटरसाइकल १८७, ट्याक्टर ११, टेम्पो १६, अन्य ३ गरी ३ सय ६३ सवारी दुर्घटना भएको थियो । दूर्घटनामा एक वर्षको अवधिमा ६१ जनाले ज्यान गुमाएका थिए ।
आर्थिक वर्ष ०७८/०७९ मा पनि सवारी दूर्घटनामा ७७ जनाको मृत्यु भएको थियो । त्यसवर्ष ४ सय ६४ वटा सवारी दूर्घटना भएका थिए । ट्राफिक प्रहरीको तथ्यांकअनुसार त्यस वर्ष ट्रक ५५, टिपर ५, बस ३२, जिप/कार ७६, मोटरसाइकल २२४, ट्याक्टर २०, टेम्पो २८ र १२ वटा अन्य सवारी दूर्घटनामा परेका थिए ।
साघुँरो सडक, सवारीको बढ्दो चाप र तीव्र गति नै सवारी दूर्घटनाको मुख्य कारण भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमखु, प्रहरी निरीक्षक वसन्त आचार्य बताउँछन् । सवारी चाप बढेसँगै सबै ठाउँमा सडक विस्तार नहुँदा दूर्घटनाको जोखिम झनै बढिरहेको उनको भनाइ छ ।
बढ्दो सवारीसाधन दुर्घटना क्रमलाइ रोक्न विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरी ठाउँ ठाउँमा सचेतना बोर्डसमेत राख्ने गरिएको उनले सुनाए । दूर्घटनालाई शून्यमा झार्न सम्भव नभए पनि न्यूनीकरण गर्न भने लागिपरेको उनले भनाइ छ । दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालय मात्र नभएर स्थानीय तहदेखि लिएर सबै निकाय पनि यसमा अग्रसर हुनुपर्ने ट्राफिक प्रमुख आचार्यको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस