अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण

सिरियामा रहेको अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण भएको छ। ड्रोन आक्रमणमा अमेरिकी सैनिकका सहयोगी ६ कुर्दिस लडाकु मारिएको अन्तर्राष्ट्रिय संचार मध्यमहरुले जनाएका छन्। केही घाइते भएको आशंका छ।
सीरियन डेमोक्रेटिक फोर्सेज एसडीएफका अनुसार पूर्वी प्रान्त दीर अल–जौर स्थित अल–उमर तेल क्षेत्रमा रहेको कमाण्डो प्रशिक्षण केन्द्रमा ड्रोन आक्रमण भएको हो। इरान समर्थित मिलिसिया अम्ब्रेला समूहले आक्रमणको जिम्मा लिएको छ।
अमेरिकाले यहाँको आक्रमण र हताहतिबारे केही बताएको छैन। सीरियामा झण्डै ८०० अमेरिकी सैनिक कार्यरत छन्, जहाँ उसले कुर्दिस लडाकू समूहसँग मिलेर काम गर्दै आएको छ।
यसअघि इरान समर्थित लडाकु समूहले जोर्डनमा रहेको अमेरिकी हवाई क्याम्पमा ड्रोन आक्रमण गर्दा तीन अमेरिकी सैनिक मारिएका थिए। त्यसयता अमेरिकी हवाई अड्डामा दोस्रो पटक आक्रमण भएको हो। कुर्दिस समूह अमेरिकाको सहयोगमा आतंकवादी संगठन आईएसविरुद्ध लड्दै आएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस